नेपालका आदिवासीहरुको महान पर्व ल्होछार्(लोसार) यतिबेला तपाईं-हम्रो आगनमा आइसकेकोछ। ल्होछार कुनै एउटा जातिको नभैकन यो सम्पूर्ण बौद्ध धर्मअवलम्बिहरुको साझा पर्व हो। जसमा हामी आफ्नो सुख-दुख अनी खुशीयालीहरु आपसमा बांड्दछौं। यो एउटा महान साँस्कृतिक पर्व हो जस्ले सम्पूर्ण मानव समुदायलाई एउटै मालामा उनिन ठुलो मद्घत गरेकोछ। नेपालका अधिकांश आदिवाशिहरु यो पर्व भव्यताकासाथ मनाउदछन। चन्द्रपात्रो(Lunar Callender) अनुसार चन्द्रवर्षको पहिलो महिनाको, पहिलो दिन चन्द्रनयाँ वर्ष (First day of first lunar month as new year) हुने दिन ल्होछार वा लोसार मनाइन्छ। विश्वका अन्य देशहरु चीन, मंगोलिया, सिंगापुर, मलेशिया, कोरिया, जापान, लावस, भियतनाम, कम्वोडिया, थाइल्याण्ड, बर्मा, भूटान, भारत लगायत विश्वभरी नै यो पर्व मनाइन्छ।
यसरी हेर्दा ल्होछार आज विश्वमा भ्रात्रीत्व, आत्मियता अनी सामिप्यता बढाउने एउटा सांस्कृतिक पुलको रुपमा बिकसित भएको छ। साथै यो पर्वले बुद्धको शान्ती सन्देश विश्वमा फैलाउन पनि त्यतिकै मह्त्वपुर्ण भूमिका खेलेको छ। ल्होछार आज एकमात्र मानवलाई शान्तीमार्गमा डोर्याउने महान पर्वको रुपमा स्थापित भेको छ। विश्वभरी धेरै ठुलो जनसङ्ख्याले मनाउने यो पर्व मनाउने विधिहरुभने ठाउँ अनुसार केही फरक देखिन्छ र समय पनि। तर मुल भाव भने एउटै देखिन्छ। ल्होछर के हो र किन मनाइन्छ भन्ने सन्दर्भमा: यो lunar callender अनुसार नयावर्ष हो। विभिन्न जाती, ठाउँ अनुसार यसको उच्चारणमा पनि केही फरक देखिन्छ तर अर्थ भने एउटै हो। ल्हो/लो (वर्ष), अनी छार/सार (नयाँ)। यसर्थमा यो नयावर्ष हो। आर्थात चन्द्र पात्रो अनुसार १२ वटा जिव्-जन्तुहरुको नाउबाट निर्माण गरिएको वर्षचक्र अथवा यसलाई (ल्होखोर्लो भनिन्छ) वर्षको एक वर्षको नाम एउटा जन्तुको नामबाट गरेको हुन्छ र सो फेरिने या अर्को वर्ष सुरुवात हुने समय नै ल्होछर हो। यसरी यसमा हाम्रो गहिरो ऐतिहासिक एवं साँस्कृतिक सम्बन्ध साथइ आत्मियता गासिएको पाईन्छ।
यसरी ल्होछार समग्र बौद्ध मार्गिहरुको एकताको आधार एवं आत्मियता, ऐतिहासिकताको दरो खम्बा हो। नेपालको राज्यसत्ताको विवेधकारी अथवा एकधर्म नितिका कारण विगतमा हामीहरु यो पर्व मनाउनबाट समेत वन्चित भएको कुरा हाम्रो सामु छ। तथापी यो हाम्रो संस्क्रिती एवं जीवनअशैलिसँग गासिएको कुरा भएको कारण हाम्रो ल्हो परम्परा बाची नै रह्यो। तर कतिपय हामीहरुलाई यसको महत्व अझै थाहा छैन। झन्डै-झन्डै हामी आफ्नो सस्कृतिलाई भुल्ने स्थितिमा पुगिसकेका थियौ तर हाम्रो अग्रजहरुले असीम त्याग गरी यसलाई बच्चाइ राख्यो र आज फेरी पनि हामी यो आफ्नो अस्तित्व अनी पहिचान बोकेको पर्व मनाउन पाउदा गौरावान्बित हुन्छौं। पुर्खाहरुको अथक प्रयास अनी निरन्तरताले बचेँको यो पर्व मनाउन पाउदा हामी पक्कै पनि गर्व गर्छौ। र आजका हामी युवाहरुको एउटै दायित्व, जिम्मेवारी भनेको यसको निरन्तरता अनी अझ यसको राम्रा पक्षहरुलाई उजागर गरी विश्व सामु यसको महत्वलाई साबित गराउनु हो। आज हामी बिदेशी पर्वहरुमा जसरी आकर्षित भईरहेका छौ यदी हामीले आफ्नै मौलिक परम्पराको मर्मलाई बुझे कोशीस गर्यौ र यसलाई सही मार्गमा अवलम्बन गर्ने कोशीस गर्यौ भने कयौ गुना अरुको सस्कृतिभन्दा उत्कृष्ट छन । मात्र हामीमा उत्साहको कमी अनी आफ्नो पना प्रतिको मोहको कमी हो। त्यसैले अब हामीले यी सब कुराहरु मनन गर्नुपर्ने भएको छ र हृदयको भित्री भागबाट नै आफ्नो पहिचान अनी चिनारी के हो भन्ने कुरा सोचेर ल्होछार जस्तो महान पर्वलाई आ-आफ्नो ठाउमा आफ्नो दक्षता अनुसार मनाइ विश्व सामु एउटा सन्देश त्यो बुद्धको शान्ती सन्देश फैलाउनु परेको छ। त्यसैले आउनुहोस् तपाईंहमी सबै मिली "मनाऔँ ल्होछार, जोगाऔँ संस्क्रिती, बांडौ खुशीयाली!"
थुजेछे।