आम्मैले होइ आम्मैले, सुन सुन ङेङगोर जम्मैले,
हाम्रो त आखेले बनाको, तमाङ रिम्ठिम जनाको,
कोइरालो काठको घेरोमा बत्तिस किलो ठोकेर,
डाफे त चरी नाचएको बजाउदा हातमा बोकेर!
झिल्के त आखे पेङदोर्जे, राइछ नि उ त ब्योन्दोर्जे,
खेलेछ शिकार म्रिगको सैलुङ वन्मा गीत गाउदै,
बनेछ डम्फु क्या राम्रो,
नाचेछ आखे बजाउदै!
डम्फु त हाम्रो क्या राम्रो तक-धुइ, तक-धुइ करौने,
ताम्बा गान्बाको बाजा यो मेला र पात्मा बजाउने,
डम्फु त हाम्रो चिनारी तमाङ भनी चिनाउने,
दु:ख र सुख पर्दामा मनलाई रमाइ नचाउने!
यसपालिको ल्होछर्मा डम्फु त हाम्रो बजाउला,
च्याङ्बा र मैच्याङ मिलेर डम्फुको ताल्मा नाचौला,
डम्फु त हाम्रो सम्पत्ती तमाङ भनी चाइनाउने,
आम्मैलेको भकमा शन्तिको सन्देश फैलाउने!