skip to main |
skip to sidebar
जताततै उमंग छ । खुशीयाली छ । वौद्धिक वर्गमा बहस छ । संघ्-
संस्थाहरु मिटिङ छलफलमा व्यस्त छ ।सोसियल नेट्वोर्कइङ वेबसाईटका भित्ताहरु शुभकामनाले भरिनु थालेको छ। हो,
किन कि हाम्रो महानसांस्कृतिक पर्व ल्होछार हाम्रो घर अंगनमा आएको छ । घर आँगनहरु,
गोन्पो,
छ्योर्तेनहरु,
घ्याङ्हरु सफा गरीनयाँ रंग रोगन गरी दर्ज्यू,
लुङ्दाहरु फेर्ने बेला भएकोछ । आमा आपाको हतबाट निधारमा नौनी र कोकोम्हेन्दोको टिका लगाइ खाप्से खानुलाई मन हतारिसकेको छ । ल्होछार मेलामा गएर छमाछाम नाच्नुलाईगोडाहरु सलबलाई सकेको छ । गोन्पोमा गएर भगवान र लामा गुरुको वाङ लिनुछ । आहा!
कती खुशीयाली,
कती उमंग,
कती रमाइलो!
आफ्नो पुर्खाले साँची राखेको यो महान पर्वमा रमाउनु यो तामाङ मन कती प्रफुल्लछ । दिन गन्दै व्यग्र प्रतिक्षामा छ ल्होछारको । नयाँ गोइलो किन्नुलाई बजारमा जानुछ। नानाहरु सोलिमा सेलगेङ र आइरकको स्यालगार लिएर आउने छन ।
ल्हो-
वर्ष,
छार्-
नयाँ । साँच्चै नयाँ उमंग र ल्याउने ल्होछर । बाह्र वटा जिवजन्तुहरुको नामले गनिने ल्होछारले२८४७ वटा वर्षहरु पार गर्दैछ । हाम्रो सभ्यताको विशिष्ट ईतिहास बनाउदैछ । तिमी फलानो ल्हो,
उ फलानो ल्हो,
मो फलानो ल्हो भन्ने गरेको त मोइले पनि सम्झिन सक्ने भएदेखी नै थाहा पाएको हुँ । गाउँ घरको आखेहरुऔँलामा ल्हो गन्दै उमेर पत्ता लगाउँथ्यो (
लगाउँछ)
। ल्होको चक्र गन्दै को कती वर्षको भयो,
कती वर्ष सानो,
ठुलो पत्ता लगाउने चलन छ। सामान्यतया माघमा ल्हो फेरिन्छ । तामाङ समाजमा ल्हो र जन्मेको महिनावर्षको आधारमा उमेर गन्ने चलन छ । जस्तो:
कोही व्यक्ती वैशाखमा जन्मेको छ भने माघ(
ल्होछर)
देखी अर्कोवर्षमा टेकेको मानिन्छ । जन्मेको महिनाको आधारमा वैशाखदेखी । यसरी हाम्रो सभ्यता र जीवनशैली बनेकोरहेछ ल्होछार । सम्भत:
सबैभन्दा पुरानो मिती गन्ने चलन ल्होछार नै हुनु पर्छ । यसबाट हाम्रो सभ्यता रसंस्क्रिती कती पुरानो र ऐतिहासिक छ भन्ने थाहा पाईन्छ । दक्षिणपुर्वी एसियाको प्राय:
सबै मुलुकमा चन्द्रपात्रोको प्रयोग हुनु र ल्होछर पनि यसैमा आधारित हुनुले यसले सिंगो दक्षिण पुर्वी एसियाको सभ्यता रसंस्कृतिको प्रतिनिधित्व गर्दछ । यसलाई दक्षिण पुर्वी एसियानहरुको(मङगोल मुलको) साझा संस्क्रिती र एकताको सुत्रको रुपमा लिनु सकिन्छ ।
जानी नजानी हाम्रो जीवनको परीपुरक र अविछिन्न रहेको ल्होछार शब्दसँग भने पछी मात्र परिचित भएझैँ लाग्थ्यो । ल्होछार मान्नु पर्छ भन्ने कुराहरु सुन्दा के होला यो ल्होछार भन्ने जस्तो लाग्थ्यो । शायद, अरुलाई पनि त्यस्तै लागेको हुनुपर्छ । किन कि ल्होछार भनेर कुनै पर्व मनाउने चलन हाम्रो समाजमा थिएन । बुझ्दै जाँदा, चेतनाको आँखा खोल्दै जाँदा पत्ता पायो एक धर्म, एक भाषा र भेषको नीति लिएको यस देशको शासकहरुले निर्मम तरिकाले हाम्रो सामाजिक संरचना, जीवनशैली र संस्कृतिमाथि दमन गर्दै लगेको रहेछ । हिन्दूकरण र खस एक जातिय ज्यादातिले हाम्रो संस्क्रिती मौलिकता र पहिचानको समुल नष्ट हुने स्थितिको श्रीजना गरेको रहेछ । धन्न हाम्रो पुर्खाहरुले लुकिछिपी हाम्रो सभ्यताको धरोहरको जग भने जोगाइ राखेछन । आफ्नो पहिचान र संस्कृतिको माया कसलाई पो हुंदैन र! यसैको रक्षा र निरङ्कुशताबाट मुक्ती पाउन यस् देशक शोषित, पीडित आदिवासी, दलित वर्गले विभिन्न कालखन्डमा संघर्ष गर्दै आएको छ । कयौँ योद्धाहरुले मुक्ती लडाईंमा बलिदानी दिएर शहिद बने । जसको फलस्वरुप शासकहरुले आफ्नो जालोलाई बिस्तारइ खुकुलो पार्दै लानु वाध्य बनायो । हामी हाम्रो गुमेको पहिचान, ईतिहास, सभ्यता, संस्क्रिती अनी भुमिको खोजी गर्न थालयौँ । ल्होछार जस्तो महान र हाम्रो जीवनको अभिन्न परम्पराको निरन्तरता र मनाउनु पाउनु हाम्रो जन्मसिद्ध अधिकार रहेको कुराहरु बिस्तारै हाम्रो समाजमा जाग्रित हुँदै गयो । सांस्क्रिती सामाजिक आन्दोलनको यो अभियानमा अग्रिणी संस्था नेपाल तामाङ घेदुङको भूमिका हामीले बिर्सनु हुँदैन । जसको पहलमा २०५१ सालदेखी ल्होछारले राष्ट्रिय पर्वको मान्यता सहित १ दिन भए पनि विदा पाइ आएको छ ।
तर ल्होछारको मौलिकता र के कसरी मनाउने भन्ने विधी विधान बारे अझै तामङ समाज अनविज्ञ जस्तै रहेको छ । त्यसको सट्टा शहरको कुनै ठाउँ, चोक, आदिमा गरिने मेला र कार्यक्रमलाई नै ल्होछार मनाएको भन्ने मानसिकताको बिकास भएको देखिन्छ । विकट र टाढाको तामाङ बस्तिहरुमा त अझै चेतनाको लहर पुग्नै सकेको छैन । मेला र कार्यक्रमहरु मनोरन्जन र सबैलाई एकै ठाउँमा भेटघाट गराउनको लागि गर्ने हो । ल्होछार मेलाहरु घेदुङ्ले समाजमा जागरण ल्याउन चलाएको अभियान रुपमा आयोजना गर्ने कार्यक्रम हो । ल्होछार मान्ने नै यसरी हो कि भन्ने प्रभाव जनमानसमा परेको छ । ल्होछारको अवसर पारी रमाइलो मेला कार्यक्रम गर्नु र विधिवत ल्होछार मान्नु भिन्न कुराहरु हुन । तर संघ संस्थाहरु जनतालाई यो कुरा बुझाउन असफल देखिन्छ । हाम्रो लोप हुँदै गएको संस्क्रिती र पहिचानमा विकृतिहरु प्रशस्त देखिन्छ । पहिचान जोगाउनु पर्ने रहेछ भनी बुझ्नेले पनि सही मार्गदर्शन नपाएर हुन सक्छ विक्रित रुपमा प्रयोग गरी रहेको छ । जस्तो: तामाङ सेलोमा नाँच्दा डम्फुको साटो नाङ्लो हातमा लिने, एउटा बक्खु बाहेक शिरमा कालो टोपी अनी कालो दौरा सुरुवाल जुन नेवारी पोशाकको रुपमा चिनिन्छ लगाउनु, महिलाहरुले गुरुङ र मगरले प्रयोग गर्ने पहेंलो पटुकी र घलेक ओड्नु, रातो चुरा र पोते लाउनु । यी सबै हाम्रो पहिचानमा देखिएको विक्रित रुपहरु हुन । यो जानाजानी भन्दा पनि नजानेर धेरै यस्तो भएको जस्तो लाग्छ । यसो हुँदा हाम्रो आफ्नोपन ओझेलमा पर्न गइ हामी चाँही पुच्छर विनाको बांदरजस्तो हुन जाने स्थिती छ । संस्कार संस्क्रिती भनेको अग्रजले जे गर्यो आउँदो सन्ततिले त्यसै अवलम्वन गर्ने हो । बाहुनाले किरिया गर्दा पूजाको सामन छोएर अशुभ गरिदेला भन्ने डरले घरमा भएको बिरालो बाँध्ने गरेको र उसको मृत्युपछी छोराले किरिया गर्दा बिरालो बाँधु पर्ने रहेछ भन्ने मानसिकता पर्न गई बिरालो खोजेर भए पनि ल्याएर बाँधेको कथा जस्तो हामीले जे गर्छै आउँदो पुस्ताले गर्ने त्यही हो । त्यसैले अब हामीले हाम्रो बिशुद्ध पहिचान कसरी बनाउने कसरी जोगाइराख्ने । अरुभन्दा प्रिथक कसरी राखिरहने भन्ने बारे गम्भिर भएर सोच्नु पर्छ जस्तो लाग्छ । त्यसैले अब हाम्रो जिम्मेवार निकाय देखी हामी सबै तामाङहरुले हाम्रो मौलिक पहिचानहरुको संरक्षण र बिकासमा लागौँ । थुजेछे ।