डायरीको पन्नाबाट..
बि.सं.:२०६५चैत१८
टाउको सारो दुखिरहेको रहेछ, अनी छेवैमा गफ गरिरहेको अनी मोलाई बोलाईरहेको आवाजले मेरो निन्द्राखुल्यो। सपना हो कि विपना अझै ठम्याउन सकिन। बल्ल बल्ल आँखा उघार्ने कोशीस गरें। मेरो आदत नै यस्तै छ, सुत्ने बेलामा टाउको राम्रोसँग छोपेन भने एकदमै दुख्ने। उठ्न अति नै गह्रो ओहो! अरु बेला बिहान् घाम लागेसम्म सुत्ने बानी कसरी सकोस, तैपनी बल्लतल्ल उठ्ने प्रयास गरें। मो कहाँ छु अली ठ्म्याउनै पो गाह्रो पर्यो। अँ बल्ल थाहा पाएँ मो त ठिमीमा मामाको छोरा(सम्दी)को मा पो छु त। हिजै आएको उदास सम्दिसँग एउटा अर्कै योजना सहित तर हिजो नै हामीले हाम्रो योजना परिवर्तन गरिसकेका थियौं। कारण थियो पाराङ सम्दी भर्खरै विदेशबाट आउनुभाको। वहाँले पैला बिदेश जाने बेलामा दक्षिणकाली माइसँग भाकल गर्नुभको रहेछ। त्यै भाकल बुझाउन आज जाने वहाँको योजना रहेछ। तिमीहरु पनि हीँड भन्नुभो त्यसैले के निहु पाउला र जाउला भन्ने मौका खोजिहिँड्ने हामीलाई ढुङ्गा खोज्दा देउता मिलेझँ भयो।
सकी नसकी उठें अनी मुख्-सुख धोएर तयारी भयो। त्यस्तै ४ बज्दा हामी निक्ल्यौँ। चोकमा पुग्दा भक्तपुरको नेवारहरु गाडीमा तरकारीको भारिका भारी लोड गर्दै थिए। कती मिहेनती छन यिनिहरु। हामी पनि यस्तै जागरिलो कहिले हुने है सम्दि?उदास सम्दिले मोलाई भन्यो। आ भाईहाल्छ नि एकदिन भने मोइले पनि। अनी एउटा तरकारीले खचाखछ भरेको बसमा चाडह्यौँ। यसो पकेट छामेको मेरो आइडी काडै छुटेछ। ल ल! गाडी अहिले नै जाँदैन होला मो दौडेर गएर लिएर अैहाल्छु भनेर मो दौडें। ल! फर्केर आउँदा त त्यो गाडी नै छैन लौ फसाद पर्यो अब के गर्ने? उदासको फोन आयो ल ल सम्दी अर्को गाडीमा आउ हामी बसपार्कमा पर्खिन्छौ। ल हुन्छ नि भनेर अर्को गाडीमा चढेर आएं।
जानु त मो पैला पनि गाको थिए दक्षिणकालिमा। तर त्यो बेला राती थियो अनी मो सानो पनि केही थाहा नै पाएन। हामी बौद्धमार्गी हत्या हिंसा हाम्रो संस्कार होइन तर पनि हाम्रो समाजमा हिन्दू धर्मले गरेको एकछत्र राजले हामी पनि यस्तो संस्क्रिती पछ्याउन थालएको रहेछौ। मो त यी सब कुरा बुझ्छु पनि। मो त्याहा कुनै भाकल या पूजा भन्दा पनि त्यताको द्रिश्यावलोकन गर्ने मात्र मेरो लक्ष्य थियो। बाटो वारीपरिको मनोरम प्राकृतिक द्रिश्यहरु नियाल्दै गाडीमा अघी वढ्यौँ। टउदह, अनी फर्पिङ्को गुम्बाहरु हेर्दा अती नै रमाइलो लाग्यो। झन मो त बौद्धमार्गी गुम्बाहरु देख्दा दर्शन गर्न पाउदा मन नरमाउने कुरै भएन। यसरी करीब ८ बज्दा हामी हाम्रो गन्तव्य दक्षिणकाली पुग्यौ। ओहो कती धेरै मान्छेको भिड सारो गाह्रो पर्यो हामीलाई त्यो भिडमा हिंड्नु। त्यह १५० रुपैयाँ तिरे पछी तिरेपछी पूजाको सामान पाउंदो रहेछ। हामी पनि एउटा किनेर पूजाको लाइनतिर बस्न गयौँ । यो मन थाम्नु अझ गाह्रो भयो जब हामी त्यो मन्दिराको छेउ पुग्यौँ। त्यहाँ पुरै रगतको खोलो बगिरहेको थियो। निर्दोष प्राणीको रगतको बली चाडहाउन त्यह मान्छेहरु तँछाड र माछाड गरिरहेको थियो। ओहो! मानछेहरु यी सब किन गर्दैछन पुण्य अनी धर्म कमाउने नाममा। हामी सेवा नै धर्म हो भन्छौँ अनी कहाँ सेवा भयो त यसरी अर्काको निर्दोष ज्यान विना कसुर मारेर? मो मन थाम्न नसक्ने भएं। त्यो सुन्दर प्रक्रिती त्यो रगतको खोलोले प्रदुषित भाईरहेको थियो। अनी सम्दिलाई भनें सम्दी मो यहाँ बस्न सक्दिन माथि जङ्गलतिर गएर बस्छु है! होइन के भनेको सम्दी पूजा गर्नुपर्छ कहाँ जाने भनेको भन्नुभो। होइन तपाईंहरु गर्दैगर्नुस् मो एकछिनमा अाउँछु भनेर मो एकान्त जङलतिर लागेँ। धेरैबेर एकान्तमा बसें। यती लोभलाग्दो प्रक्रिती। तर,तर यही प्रक्रित्को काखमा दिनमा कती हजारौँ निर्दोष प्रानीले ज्यान गुमाउनुपरेको। त्यो पनि विना करण मो दुखी भए अनी आँफैंलाई ग्लानी भयो यस्तो तमासा हेर्न आएकोमा।
सम्दिहरु पूजा सकेर मोलाई खोज्दै रहेछ। अनी १२ बजेतिर फर्क्यौँ। यसरी आजको दिन एक हिसाबले अवस्मरनीय रह्यो, अलिकती खल्लो, अलिकती नयाँ ठाउँको ज्ञान पनि।