केटा:
रोशिखोला वारपार मंगलटार,
मंगलटारमा जौ हुन्छ,
घरजम गर्ने बेला भो,
केटी:
दुम्जाको छेउछाउ नेपालथोकक,
पुग्दोछ घरमा सबैथोक,
कचकच जिस्क्याइ नराख,
चलेर आउछ मोलाई झोंक।
केटा:
हाम्रो त म्हाबर गाङगाङमा,
जुगाले टोक्छ न्हाङगाङमा,
ज्यान तिम्ले तेसो भन्दामा,
तिरले रोप्यो मनमनमा।
केटी:
कुशेश्वर महादेउ बल देउदेउ,
जिस्क्याउनेलाई भगाईदेउ,
गोर्खे त लौरी लाएर,
नौसय डाँडा कटाइदेउ।
केटा:
सलल बग्ने सुनकोशी,
माझी त दाइले जाल हान्यो,
भन्नु त ज्यानले तेसो भन्यो,
जानेको छैन हार्नुलाई,
सक्छु नि सेखी झार्नुलाई।
केटी:
गर्ने नै भयो चमत्कार,
लौ लौ बिन्ती नमस्कार,
जोवन हेर्ने ऐनामा, आउने त मंशिर मैनामा,
लाने त तिम्रो शुर भए,
मागेर लैजाउ आपालाई।